गौरीडाँडामा फुटबल प्रतियोगिताको तयारी
बर्दिबासको वडा ३ गौरीडाँडामा दोस्रो वडा कप फुटबल प्रतियोगिता हुनेभएको छ । प्रतियोगितामा नगर क्षेत्रका १४ वडामध्ये १३ वडाबाट १४ टिमले भाग लिनेछन् ।
लाओससँग खेल्ने नेपाली फुटबल टिम घोषणा
फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत लाओसविरुद्ध हुने खेलका लागि बुधबार नेपाली टोलीको घोषणा गरिएको छ ।
विश्वकप फुटबल २०२६ छनौटमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने
विश्वकप फुटबल २०२६ छनोटअन्तर्गत नेपालले लाओस प्रतिस्पर्धा गर्ने भएको छ । एसिया क्षेत्रतर्फको पहिलो चरणको छनौट खेलमा नेपालले लाओससँग आगामी बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको छ ।
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल बङ्गलादेशसित खेल्दै
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ अहिले नेपाल र बङ्लादेशबीच खेल भइरहेको छ । समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलिरहेका छन् ।
नेपाललाई हराउँदै भारत फाइनलमा (फोटो फिचर)
काठमाडौं, असोज १० गते । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भएको हो । यसअघि निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । खेलको ७४ मिनेटमा नेपालले गोल गर्दै बराबरी गरेको थियो । अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्ने छ । आजनै भएको खेलमा पाकिस्तानले भुटानलाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको हो ।
नेपाल एसियाड महिला फुटबलबाट बाहिरियो
१९औं एसियाली खेलकुद (एसियाड)को महिला फुटबलमा नेपाल समूह चरणबाट बाहिरिएको छ । समूह डी अन्तर्गत सोमबार भएको खेलमा नेपाल पूर्व विश्वकप विजेता जापानसँग ८–० गोलको हार खेपेपछि बाहिरिएको हो ।
नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा
माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फुटबलर सरु नौ महिना मैदान बाहिर
१९औं एसियाड दौरान भियतनामविरुद्ध पहिलो खेलमा घाइते हुनुभएकी नेपालकी महिला फुटबल खेलाडी सरु लिम्बु चोटका कारण ६ देखि ९ महिना मैदान बाहिर रहनुपर्ने भएको छ । मिडफिल्डर सरुको आइतबार घुँडाको सफल शल्यक्रिया भएको छ।
सिटीको लगातार छैटौं जित
साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हरायो ।
विदेशी भूमिबाट फुटबलमा उदाउँदै कैलालीका सिजन
कैलालीका १२ वर्षीय सिजन राना विदेशी भूमिबाट फुटबलमा उदाउनु भएको भएको छ ।
अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी
अमेरिकामा बस्ने नेपाली समुदायबिच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् ।
गोरखाका कपको उपाधि सूर्यमुखी बोर्डिङले जित्यो
प्रथम गोरखा कप अन्तरविद्यालयको उपाधि सूर्यमुखी बोर्डिङले उचालेको छ । अन्तिम फाइनल खेलमा सूर्यमुखी बोर्डिङ ए लाई ३–० गोलले पछि पार्दै सूर्यमुखी बोर्डिङले सी ले उपाधि उचालेको ओसन क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिनुभयो ।
आठ लाख राशिको बेलबारी गोल्डकप असोज २८ गतेदेखि हुने
डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ ।
साफ यू–१९ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित
साफ यू–१९ च्याम्पियनसिपमा नेपालले पाकिस्तानसँग पराजित भएको छ । समूह ‘ए’ अन्तर्गत दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भयो ।
साफ यू–१९ च्याम्पियनसिप : भारतको विजयी सुरुवात
साविक विजेता भारतले साफ यू–१९ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा बिहीबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० गोलले हरायो ।
च्याम्पियन्स लिगमा आर्सनलको सानदार जित
इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले युइएफए च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ ।
साफ यू–१९ च्याम्पियनसिप : सबैको लक्ष्य उपाधि
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा बुधबार आयोजित ‘पोस्ट् म्याच कन्फरेन्स’ मा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले तयारी राम्रो गरेकोले नेपालको लक्ष्य उपाधि चुम्नु रहेको बताउनुभयो ।
वडाध्यक्ष कप भलिबल उपाधि थुम्बेदिनलाई
पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनले तिरिङ्गेलाई पराजित ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
साफ यू–१९ फुटबलको तयारी पूरा, नेपालको लक्ष्य उपाधि
पाँचौँ संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुँदैछ । च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सम्पूर्ण तयारी पूरा गरेको छ ।
महिला फुटबल टोली चीन प्रस्थान
१९औँ एसियाली खेलकुद (एसियाड)मा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार टोली चीन प्रस्थान गरेको छ ।
आर्सनलले जित्दा चेल्सी बराबरीमा रोकियो
इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकाल्दा उपाधि दाबेदार चेल्सी बर्नमाउथसँग बराबरीमा रोकिएको छ ।
पीएसजी घरमै पराजित
साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा निससँग पराजित भएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पीएसजी निससँग ३–२ गोलले पराजित भयो ।
झापा लिग हुँदै
भद्रपुर झापा गोल्डकपको आयोजनामा खेलाडी समेतको छनौट गर्ने उद्देश्य राखेर झापा लिग गर्ने भएको छ । मङ्सिर ७ गतेदेखि भद्रपुरको मेची रङ्गशालामा हुने झापा लिगको तयारी सुरु गरिएको छ ।
अर्जेन्टिना र ब्राजिल विजयी
साबिक विश्वकप विजेता अर्जेन्टिना र ब्राजिलले सन् २०२६ मा हुने फिफा विश्वकपको छनोटमा जित निकालेका छन् । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलले हरायो । अर्को खेलम ब्राजिलले पेरुलाई १–० गोलले स्तब्ध बनायो ।