• २३ वैशाख २०८१, आइतबार

काभा भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई हरायो

blog

काठमाडौं, असोज २४ गते । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले बुधबार अफगानिस्तानको विजय यात्रामा पूर्णविराम लगाएको छ । श्रीलङ्काको कोलम्बोमा भएको खेलमा नेपालले अफगानिस्तानलाई पाँच सेटमा २५–१९, १९–२५, २२–२५, २५–२१ र १५–१० ले हरायो ।

नेपालको यो तीन खेलमा दोस्रो जित हो । पहिलो खेलमा बङ्गलादेशलाई हराएको नेपाल दोस्रो खेलमा आयोजक श्रीलङ्कासँग पराजित भएको थियो ।

अफगानिस्तानले सुरुका दुई खेलमा जित हात पारेको थियो । नेपालले शुक्रबार साउदी अरब र शनिबार उज्बेकिस्तानसँग खेल्नेछ ।

राउन्ड रोविनमा छ टिमले एकअर्काविरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टिमबिच फाइनल हुने प्रावधान रहेको छ ।