• १० मंसिर २०८१, सोमबार

साफ यू–१९ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित

blog

बिहीबारको खेलमा प्रतिस्पर्धा गर्दै नेपाल र पाकिस्तानका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, असोज ४ गते । साफ यू–१९ च्याम्पियनसिपमा नेपालले पाकिस्तानसँग पराजित भएको छ । समूह  ‘ए’ अन्तर्गत दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भयो ।

पाकिस्तानको जितमा अलि जफरले निर्णायक गोल गर्नुभयो । उहाँले ७६औं मिनेटमा गरेको लामो प्रहार सोझै गोलमा परिणत भएको थियो । जसलाई नेपालका गोलरक्षकले ठम्म्याउन सक्नुभएन ।

नेपालले समूहको दोस्रो खेल माल्दिभ्ससँग खेल्नेछ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र भुटान रहेको छ । बिहीबार नै भएको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३–० गोलले हराएको छ ।