• १० पुस २०८२, बिहिबार

मोटरसाइकलको ठक्करले पैदल यात्रुको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, पुस ९ गते । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर लखन्देही पुलमा बुधबार मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ । 

नवलपुरबाट हरिवनतर्फ जाँदै गरेको ना ६३ प ५६९४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु मलङ्गवा नगरपालिका–७, मुसैली बस्ने ७० वर्षीय रामविलास महतोको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते हुनुभएका महतोलाई नवलपुरमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि बीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो । 

दुर्घटनामा मोटरसाइकल पछाडि सवार लालबन्दी नगरपालिका–१७, रानिगन्जकी २९ वर्षीया बिर्सनामाया भुजेल सामान्य घाइते भएकी छन् । उपचारपश्चात उहाँट डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाएको छ ।