शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ९ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको लप्सेटारमा बुधबार साँझ आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास) का अनुसार लप्सेटारका स्थानीय दर्शन हेल्लोक लिम्बूको घर जलेर नष्ट भएको छ । ढुङ्गा, माटो, काठ र जस्तापाता प्रयोग गरी निर्माण गरिएको लिम्बूको घर आगलागीले नष्ट भएको उपाध्यक्ष साम्राले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट घरमा रहेको खाद्यान्न, भाँडा वर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण बिहीबार बिहान मात्र सङ्कलन गरिने उहाँको भनाइ छ । यता आगलागीको कारण खुलिनसकेको उहाँले बताउनुभयो ।