• ९ पुस २०८२, बुधबार

क्रिकेटमा दुई दिनमै दुई विश्व कीर्तिमान

blog

इन्डोनेसियाका पेस बलर गेदे प्रियान्दाना ।

काठमाडौँ, पु्स १९ गते । विश्व क्रिकेट जगतमा दुई दिन भित्र दुई कीर्तिमान बनेका छन् ।

मङ्गलबार इन्डोनेसियाका २८ वर्षीय दायाँ हाते पेस बलर गेदे प्रियान्दानाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा पाँच विकेट लिएर कीर्तिमान बनाउनुभयो । यस्तै बुधबार भारतका वैभव सूर्यवंशीले विजय हजारे ट्रफीमा ५९ बलमा एक सय ५० रन जोड्दै सबैभन्दा कम बलमा उक्त रन जोड्ने कीर्तिमान रच्नुभयो । 

वैभवले अरुणाञ्चलविरुद्ध लिस्ट–ए क्रिकेटमा उक्त कीर्तिमान बनाउनुभएको हो । यसअघि सन् २०१५ को विश्वकपमा एबी डिभिलियर्सले वेस्ट इन्डिजविरुद्ध ६४ बलमा एक सय ५० रनको उक्त कीर्तिमान बनाउनुभएको थियो ।


प्रतियोगितामा वैभवले ८४ बलमा एक सय ९० रन बनाउनुभयो । उहाँले १४ चौका र १५ छक्का हान्नुभयो । 

यस्तै मङ्गलबार बालीमा भएको इन्डोनेसिया र कम्बोडियाबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा गेदेले आफ्नो ओभरमा पहिलो तीन बलमै ह्याट्रिक विकेट पूरा गर्नुभयो । त्यसपछि एक बल डट र अन्तिम दुई बलमा लगातार दुई विकेट लिएर एकै ओभरमा पाम्च विकेटको कीर्तिमान रच्नुभएको हो ।

कम्बोडियाले यस ओभरमा वाइडको एक रन मात्र जोड्न सकेको थियो । यसअघि पुरुष टी–२० क्रिकेटमा दुई पटक मात्र एकै ओभरमा पाँच विकेट लिइएको थियो । तर अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा पाँच विकेट लिइएको यो पहिलो पटक हो । एजेन्सी