• २१ वैशाख २०८१, शुक्रबार

गोरखाका कपको उपाधि सूर्यमुखी बोर्डिङले जित्यो

blog

गुणबहादुर रोका 

सुलीकोट, असोज ६ गते । प्रथम गोरखा कप अन्तरविद्यालयको उपाधि सूर्यमुखी बोर्डिङले उचालेको छ । अन्तिम फाइनल खेलमा सूर्यमुखी बोर्डिङ ए लाई ३–० गोलले पछि पार्दै सूर्यमुखी बोर्डिङले सी ले उपाधि उचालेको ओसन क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिनुभयो । 

हिल्ली फिल्र्डस गोरखा एफसिको आयोजनमा संविधान दिवसको अवसरमा प्रथम गोरखा कप अन्तर विद्यालय कक्षा ५ सम्मको फुटबल प्रतियोगिता द ओसन क्लब प्रशिक्षण मैदान गोरखा नगरपालिका–९ को खेल मैदानमा सम्पन्न भएको आयोजकले जनाएको छ । 

त्यस्तै नेपाल राष्ट्रिय भूपू बोर्डिङलाई २–१ गोलले हराउँदै भूराज तेस्रो हुन सफल भएको हो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई शिल्ड र मेडल प्रदान गरिएको थियो । लिग कम नकआउटको आधारमा खेलाइएको खेलमा जम्मा २० खेल खेलाइएको थियो । 

गोरखा नगरपालिका भित्रका ७ विद्यालयका १२ टिमको सहभागिता रहेको थियो ।