• ९ पुस २०८२, बुधबार

उत्कृष्ट कार्य गर्ने दुई प्रहरी सम्मानित

blog

सम्मानित प्रहरी ।

अविनाश चौधरी

धनगढी, पुस ९ गते । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य सम्पादन गरेका दुई प्रहरीलाई सम्मान गरेको छ । 

प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक लोकेन्द्रबहादुर चन्द र प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक रमेशराज भट्टलाई सम्मान गरेको हो । उनीहरु दुवै जनालाई मङ्सिर महिनाको पुलिस अफ द मन्थ घोषित गरिएको छ । 

हत्या घटनाको चन्दले उत्कृष्ट अनुसन्धान गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बर्दियाको राजापुर नगरपालिका–४, राजापुर गाउँमा २८ वर्षीय निरज चौधरीको गोली हानी हत्या गरिएको थियो । सो घटनाका मुख्य अभियुक्त दाङका ५० वर्षीय महावीर चौधरीलाई कैलालीको कैलारी गाउँपालिका–५ नयाँ बैजपुरमा लुकिछिपी बसेको अवस्थाबाट पक्राउ गरिएको थियो । उनको साथबाट हत्यामा प्रयोग भएको पेस्तोल र दुई राउण्ड गोलीसमेत बरामद गरिएको थियो । 

यसैगरी प्रहरी सहायक निरीक्षक भट्टले सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षकबिच भएको वार्षिक कार्य सम्पादन सम्झौता कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको छ । साथै भट्टले प्रदेशमा घटेका अपराधहरुको तथ्याङ्क विश्लेषण गरी कार्ययोजना निर्माणमा योगदान पु¥याएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

नेपाल प्रहरी सङ्गठनले सुम्पिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ भइ सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमा पु¥याएको योगदानको उच्च कदर गर्दैै दुवै जनालाई पुलिस अफ द मन्थ घोषणा गरिएको प्रदेश प्रहरी प्रमुख ओमबहादुर रानाले बताउनुभयो ।