बोमलाल गिरी
नवलपुर, पुस ९ गते। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली–१६ रहजरमा भारतीय नम्बर प्लेटको गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्।
युपी ८० एफटी ३५२५ नम्बरको भारतीय ट्रकले ना २१ प ४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चालक लम्जुङका ५७ वर्षीय रश बहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो।
दुर्घटनामा परी गम्भीर घाइते गुरुङको उपचारको क्रममा देवचुली अस्पतालमा मृत्यु भएको उहाँले जाकारी दिनुभयो। दुर्घटनामा मोटरसाइकल पछाडि सवार नवलपुरको कावासोती–५ निवासी २२ बर्षीया हेमा गुरुङ गम्भीर घाइते हुनुभएको छ। दुवै खुट्टा र टाउकोमा चोट लागेका उहाँलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरी निरक्षक गुरुङले बताउनुभयो।
दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक भारतको उत्तर प्रेदेश ईस्लामपुर ईस्लामनगर निवासी ३५ वर्षीय हसरुदिन खानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।