महिला फुटबलको उपाधि जनप्रियले जित्यो
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङको जनप्रिय माध्यमिक विद्यालयले दोस्रो दोभान कप खुल्ला छात्रा फुटबलको उपाधि हात पारेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसके पछि टाई ब्रेकरमा धकेलिएको खेलमा दरबाङकी गोलरक्षक अस्मिता परियारले उत्कृष्ट खेल प्रदर्शन गर्दा उपाधि हात पारेको हो ।
एन्फाको विशेष साधारण सभा स्थगित
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आइतबारका लागि तय भएको विशेष साधारण सभा स्थगित भएको छ ।
जनप्रिय मावि र न्यु वेष्ट प्वाइन्ट फाइनलमा
पश्चिम म्याग्दीको जनप्रिय माध्यमिक विद्यालय दरवाङ र बेनीको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय म्याग्दीको बेनीमा शनिबारदेखि जारी अन्तर माध्यमिक विद्यालय स्तरीय खुला महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
अन्तरमाध्यमिक विद्यालयस्तरीय महिला फुटबल सुरु
महिला फुटबलरको पहिचान बनाउने उद्देश्यसहित म्याग्दीको बेनीमा अन्तरमाध्यमिक विद्यालयस्तरीय खुल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।
बालोन डी’ओर अवार्डको सूचीमा ३० खेलाडी
बालोन डी’ओर अवार्ड–२०२३ को लागि अन्तिम ३० खेलाडीको सूची सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागाजिनले बुधबार राति सर्वाधिक सात पटकको अवार्ड विजेता अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीसहित ३० जनाको नाम सार्वजनिक गरेको हो ।
इलामको रेड हर्सले जित्यो ताप्लेजुङ गोल्डकपको उपाधि
ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताकोको उपाधि इलामको रेड हर्स फुटबल क्लबले जितेको छ।
साफ यू–१६ फुटबल : भारतसँगको हारसँगै नेपाल बाहिरियो
नेपाल भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग १–० गोलले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।
ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन
ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट रु ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । सर्वसाधारणलाई खेल हेर्न प्रवेश शुल्कबापतको टिकटबाट सो रकम सङ्कलन भएको हो ।
रेड हर्ष र जुट विकास फाइनल भिड्दै
बुधवार (आज) इलामको रेड हर्ष फुटबल क्लब र सुनसरीको जुट विकास फुटबल एकेडेमीबिच ताप्लेजुङ गोल्ड कपको उपाधि भिडन्त हुने भएको छ । सेमिफाइनल खेलमा विजयी हुँदै फाइनलमा पुगेका उक्त दुई टोलीबिच उपाधि भिडन्त हुने भएको हो ।
इटहरी फाइनलमा
जुट विकास फुटबल एकेडेमी सुनसरीको इटहरी ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको सेमिफाइनल खेलमा मोरङको पथरी–११ फुटबल क्लबलाई ट्राई बेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरी फाइनलमा पुगेको हो ।
ताप्लेजुङ गोल्ड कपमा सेमिफाइनलका खेल आजदेखि
ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत सोमबार आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदै छ । गत बिहीबारदेखि जारी प्रतियोगिताको क्वार्टर फाइनल चरणका खेलहरू सम्पन्न भएसँगै सेमिफाइनलका खेलहरू हुने भएको हो ।
म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले म्यानमारसँग सेप्टेम्बर ८ र ११ तारिख हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।
ताप्लेजुङ गोल्डकपमा इटहरीको विजयी सुरुवात
बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा पाहुना टोली इटहरीले विजयी सुरुवात गरेको छ । स्थानीय माना भरा स्पोर्टिङ क्लबलाई ट्राई बेकरमा ५–४ गोलले पराजित गर्दै जुट विकास फुटबल एकेडेमी सुनसरी, इटहरीले विजयी सुरुवात गरेको हो ।
बराबरीमा रोकियो मेस्सीको मियामी
अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा नास्भिल एफसीसँग अङ्क बाँडेको छ ।
साफ यू–१६ च्याम्पियनसिप खेल्न नेपाली टोली भुटान प्रस्थान
साफ यू–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली किशोर फुटबल टोली बुधवार भुटानको थिम्पु प्रस्थान गरेको छ ।
भोलिबाट ताप्लेजुङ गोल्डकप सुरु
ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
हिमाल पारीको मनाङमा मैत्रीपूर्ण फुटबल
हिउँ चितुवा र याकको संरक्षण गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङ मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । बाइकोस नेपाल र एन्ट फाउण्डसेनको आयोजनामा आगामी भदौ २५ देखि २७ गतेसम्म मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।
वेस्ट हाम शीर्षस्थानमा
वेस्ट हाम युनाइटेट इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा ब्राइटनलाई ३–१ गोलले हराउँदै वेस्ट हाम शीर्षस्थानमा उक्लिएको हो ।
एमएलएसमा मेस्सीको डेब्यु गाेल
अर्जेन्टिनी स्टार लियोनल मेस्सीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा डेब्यु गोल गर्नुभएको छ । आइतबार बिहान भएको खेलमा मियामीले न्युयोर्क रेडबुल्सलाई २–० गोलले हरायो ।
चेल्सीको सानदार जित
इङ्लिस प्रिमयिर लिग फुटबलमा चेल्सीले नवप्रवेशी क्लब लुटन टाउनमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा चेल्सीले लुटन टाउनलाई ३–० गोलले हरायो ।
अर्को उपाधिको सम्मुख मेस्सी
विश्व फुटबलमा सर्वाधिक उपाधि जित्ने खेलाडीको शीर्ष सुचीमा रहनुभएका अर्जेन्टिनका कप्तान लियोनल मेस्सी फेरि अर्को उपाधिको नजिक हुनुहुन्छ ।
एन्फाको विशेष साधारण सभा भौतिक उपस्थितिमा गर्न माग
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा आबद्ध लिग खेल्ने विभिन्न ३२ क्लबहरूले एन्फाको भदौ २४ गते बोलाइएको विशेष साधारणसभा भौतिक उपस्थितिमा संचानल गर्न माग गरेका छन् ।
साफ यू–१९ को तयारीमा जुट्दै एन्फा
पाँचौँ संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुँदैछ । च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तयारी सुरु गरेको छ ।
राष्ट्रिय फुटबल टोलीको व्यवस्थापकमा भण्डारी
नेपाली राष्ट्रिय फुटबल टोलीको व्यवस्थापकमा उत्तम भण्डारी नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार भण्डारीलाई व्यवस्थापकमा नियुक्त गरेको हो ।