• १२ जेठ २०८१, शनिबार

राष्ट्रिय फुटबल टोलीको व्यवस्थापकमा भण्डारी

blog

उत्तम भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशी ।

काठमाडौं, भदौ ४ गते । नेपाली राष्ट्रिय फुटबल टोलीको व्यवस्थापकमा उत्तम भण्डारी नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार भण्डारीलाई व्यवस्थापकमा नियुक्त गरेको हो ।

लामो समय नेपाली फुटबलको विकासमा लाग्नुभएका भण्डारी सरस्वती क्लबमा समेत आबद्ध हुनुहुन्छ । भण्डारीलाई एन्फाका कार्यवाहक महासचिव अरुणमान  जोशीले नियुक्ति पत्र प्रदान गर्नुभयो ।

यसअघि नेपाली राष्ट्रिय टोलीको व्यवस्थापकमा मच्छिन्द्र क्लबका अनिल श्रेष्ठ हुनुहुन्थ्यो । नेपाली पुरुष फुटबल टोली खहिले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीमा व्यस्त छ ।

नेपालले विश्वकप र एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ तारिख लाओससँग प्रतिस्पर्धा गर्दैछ ।