काठमाडौँ, असार ३ गते । नेपालले आफ्नो सयौँ अन्तर्राष्ट्रिय त्रिकोणत्मक सिरिजको पहिलो खेलमा हार खेपे पनि नयाँ इतिहास रचेको छ ।
नेपाल र नेदरल्यान्ड्सबिचको प्रतिस्पर्धात्मक खेल तीन सुपर ओभरसम्म पुगेको विश्व क्रिकेटको पहिलो पुरुष टी–२० क्रिकेट प्रतियोगिता बनेको छ ।
नेपाल त्रिकोणत्मक टी–२० सिरिजको पहिलो खेलमा सोमबार राति नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा दुई विकेटले पराजित भएको हो ।
जितका लागि नेदरल्यान्ड्सले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५२ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको हो । सुपर ओभरका नेपालले १९ रन बनाएको थियो ।
नेदरल्यान्ड्सले पनि जवाफमा १९ नै रन बनाएपनि खेल पुन: दोस्रो सुपर ओभरका पुग्यो । दोस्रो सुपर ओभरका नेपालले १७ रन बनाउँदा जवाफमा नेदरल्यान्ड्सले १७ रन जोड्दै खेललाई तेस्रो सुपर ओभरका धकेलेको थियो ।
रोचक बनेको तेस्रो सुपर ओभरमा नेपालले चार बलमा बिना रन दुई विकेट गुमायो । नेपालका कप्तान रोहित पौडेल ज्याक लायन क्याचेटको हातबाट बोल्ड आउट हुनुभयो । त्यसपछि दीपेन्द्रसिंह ऐरीलाई साथ दिन आउनुभएका रुपेश सिंह क्याच आउट भएपछि नेपाल शुन्य रनमै समेटियो ।
जितका लागि एक रनको लक्ष्य पाएको नेदरल्यान्ड्सले नेदरल्यान्ड्सका माइकल लेभिटले नेपालका बलर सन्दीप लामिछानेको पहिलो बलमै छक्का प्रहार गर्दै टोलीलाई जिताउनुभयो ।
यसअघि जितका लागि लक्ष्य नजिक पुगेको नेपाल १९औँ ओभरमा कप्तान रोहित क्याच आउट भएपछि सङ्कटमा परेको थियो । नेपालका लागि रोहितले सर्वाधिक ४८ रन बनाउनुभयो ।
यस्तै ओपनर कुशल भुर्तेलले ३४, रुपेश सिंहले १९, किरन ठगुन्नाले १५ र नन्दन यादवले १२ रन बनाउनुभयो । बलिङमा नेदरल्यान्ड्सका डानियल डोरमले तीन तथा विक्रमजित सिंहले दुई विकेट लिनुभयो ।
पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकोटको क्षतिमा एक सय ५२ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाउनुभयो ।
यस्तै विक्रमजित सिंहले ३०, सकिब जुल्फिकरले अविजित २५, माइकल लेभिटले २०, म्याक्स ओडोउडले १९ र ज्याक लायन क्याचेटले ११ रन जोड्नुभयो ।
बलिङमा सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । यस्तै नन्दन यादवले दुई तथा कुशल भुर्तेल र ललितनारायण राजवंशीले एक एक विकेट लिनुभयो ।
सिरिजको दोस्रो खेलमा नेपालले मङ्गलबार राति घरेलु टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।