• ३ असार २०८२, मङ्गलबार

मिस्टर महानगर बडिबिल्डङको तयारी पूरा

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, असार ३ गते । काठमाडौँ महानगरपालिका वडानं. २२ को आयोजनामा असार ६ र ७ गते मिस्टर महानगर बडिबिल्डङ च्याम्पियनसिपको तयारी पूरा भएको छ ।  

प्रतियोगितामा काठमाडौँ महानगरको ३२ वटै वडामा रहेका खेलाडीको सहभागिता रहने र प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

महानगरमा स्वस्थ खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलो पटक प्रतियोगिता आयोजना गरिन लागिएको वडा नंं. २२ का अध्यक्ष चिनिकाजी महर्जनले बताउनुभयो । 

प्रतियोगितामा पुरुष ५५, ६०, ६५, ७०, ७५ केजी र ७५ केजी माथि तौल स्पर्धामा प्रतिस्पर्धा हुने छ । आगामी वर्षदेखि महिला र अन्य स्पर्धा समोवश गरिने पनि संयोजक श्रेष्ठले बताउनुभयो ।

प्रत्यके तौल समूहका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीलाई मेडलसँगै क्रमश: ७५, ५० र २५ हजार रुपियाँ पुस्कार प्रदान गरिने छ ।

यस्तै सबै तौलको विजेताबिच अन्तिममा ओभरल मिस्टर महानगर उपाधि विजेतालाई पाँच लाख रुपियाँ प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।