• ३ असार २०८१, सोमबार

एन्फाको विशेष साधारण सभा स्थगित

blog

काठमाडौं, भदौ २४ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आइतबारका लागि तय भएको विशेष साधारण सभा स्थगित भएको छ । अनलाइनमार्फत बोलाइएको साधारण सभा गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित गरिएको एन्फाका प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका ३२ क्लबले साधारण सभा बहिस्कार गरेका थिए । विशेष साधारण सभामा ३९ जनको मात्र सहभागिता रहेको थियो । एन्फाले स्थगित भएको साधारण सभा सोमबारका लागि पुनः अनलाइनमार्फत बोलाएको छ ।

एन्फाले लेखा परीक्षक नियुक्तिका लागि विशेष साधारण सभा गर्न लागेको हो । बहिस्कार गरेका ३२ क्लबले भौतिक उपस्थितिमै साधारण सभा गरिनुपर्ने माग राख्दै आएका थिए ।