तीन वर्षदेखि रोकिएको लाखेजात्रा फुटबल यस वर्ष हुने
कोभिड–१९ महामारीपछि रोकिएको ताप्लेजुङकै ऐतिहासिक एवम् ठुलो धनराशि भएको फुटबल प्रतियोगिता यो वर्ष सञ्चालन हुने भएको छ ।
विमलले लिनासँग कस्नुभयो लगनगाँठो
नेपाली राष्ट्रिय टोलीका स्ट्राईकर विमल घर्तीमगर विवाह बन्धनमा बाँधिनुभएको छ । विमलले आइतबार भद्रकाली मन्दिरमा प्रेमी लिना प्रधानसँग लगनगाँठो कस्नुभएको हो ।
फिफा महिला विश्वकप : स्पेन च्याम्पियन
नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रङ्गशालामा आइतबार भएको फाइनलमा स्पेनले इङ्गल्यान्डलाई १–० गोलले हरायो । स्पेन पहिलो पटक महिला विश्वकप च्याम्पियन बनेको हो ।
सिटीको लगातार दोस्रो जित
साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदान इत्तिहादमा शनिबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई १–० गोलले स्तब्ध बनायो ।
इन्टर मियामीलाई लिग्स कप–२०२३ उपाधि
लिग्स कप–२०२३ को उपाधि इन्टर मियामीले जितेको छ । शनिबार राति भएको फाइनलमा मियामीले नाशभिल एफसीलाई सडन डेथमा १०–९ गोलले हरायो ।
लि निङको टिसर्टमा एन्जिलाको नाम
महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवं गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको नाममा खेलपोसाक तथा खेल सामाग्री निर्माण अन्तर्राष्ट्रिय कम्पनी लि निङले टिसर्ट तयार पारेको छ ।
महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो
स्विडेन फिफा महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा स्विडेनले अष्ट्रेलियालाई २–० गोलले हरायो ।
बायर्नको विजयी सुरुवात
साबिक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको लिगको पहिलो खेलमा बायर्नले वेर्डन ब्रेमनलाई ४–० गोलले हरायो ।
हापोएलमा सावित्राको डेब्यु गोल
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले युरोपेली फुटबलमा डेब्यु गोल गर्नुभएको छ ।
सिटीलाई युइएफए सुपर कप उपाधि
युइएफए सुपर कप फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । बुधबार राति भएको फाइनल खेलमा सिटीले स्पेनिस ला लिगा क्लब सेभियालाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।
सकियो मच्छिन्द्रको एएफसी कप यात्रा
नेपालको ‘ए’ डिभिजन क्लब मच्छिन्द्रको एएफसी कपको यात्रा दोस्रो चरणमा सकिएको छ ।
आयोजक अष्ट्रेलियालाई हराउँदै इङ्गल्यान्ड फाइनलमा
आयोजक अष्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा बुधबार भएको खेलमा इङ्ल्यान्डले अष्ट्रेलियालाई ३–१ गोलले हरायो ।
मेस्सीको निरन्तर गोलसँगै मियामी लिग्स कपको फाइनलमा
अर्जेन्टिनी स्टार लियोनल मेस्सीले लिग्स कप–२०२३ मा गोल गर्ने क्रमलाई निरन्तरता दिनुभएको छ । मेस्सीले छैटौं खेलमा गोलको लय कायम राख्दा अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ ।
महिला विश्वकप फुटबल : स्पेन पहिलो पटक फाइनलमा
स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोलले हरायो ।
एसिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको लक्ष्य
नेपालले घरेलु मैदानमा आयोजना हुन लागेको एसिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ ।
गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
फिफा महिला विश्वकप फुटबल : अष्ट्रेलिया सेमिफाइनलमा
आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ गोलले हरायो ।
मेस्सी चम्किएपछि मियामी सेमिफाइनलमा
अर्जेन्टिनी कप्तान लियोनल मेस्सी चम्किएपछि इन्टर मियामी लिग्स कप–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा मियामीले एफसी चार्लोटलाई ४–० गोलले हरायो ।
म्यानचेस्टर सिटीको सुखद सुरुवात
इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएसँगै साबिक विजेता म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा सिटीले बर्नलीलाई उसैको मैदानमा ३–० गोलले हरायो ।
एनएमबी–कपअन यू–१४ फुटबलमा चेल्सी च्याम्पियन
एनएमबी–कपअन अन्तर स्कुल यू–१४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी इन्टरनेसनल स्कुलले जितेको छ ।
स्पेन र स्विडेन सेमिफाइनलमा
शुक्रबार भएको खेलमा स्पेनले साविक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हरायो । अर्को खेलमा स्विडेनले जापानलाई २–१ गोलले नै स्तब्ध बनायो ।
डुरान्ड कप : दिल्लीसँग बराबरीमा रोकियो आर्मी
त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपको पहिलो खेलमा दिल्ली फुटबल क्लबसँग बराबरी खेलेको छ ।
फिफा महिला विश्वकप : स्पेन र नेदरलन्ड्सबीच पहिलो क्वार्टरफाइनल
साबिक विजेता एवम् विश्वकपको सफल टोली अमेरिका र दुई पटकको विजेता जर्मनी घर फर्कँदा फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
फिफा महिला विश्वकप फुटबल : फ्रान्स क्वार्टरफाइनलमा
फ्रान्स फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको हिन्दमार्स स्टेडियम एडिलेडमा मंगलबार भएको अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा फ्रान्सले मोरोक्कोलाई ४–० गोलले हरायो ।