• ५ जेठ २०८१, शनिबार

सिटीको लगातार दोस्रो जित

blog

बल खोस्ने प्रयास गर्दै सिटी र न्युक्यासलका खेलाडी । तस्बिर : एपी

काठमाडौं, भदौ ३ गते । साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदान इत्तिहादमा शनिबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई १–० गोलले स्तब्ध बनायो ।

लगातार दोस्रो जितसँगै ६ अङ्क बनाएको सिटी तालिकाको शीर्षस्थानमा छ । समान खेलबाट न्युक्यासलको तीन अङ्क छ । सिटीको जितमा अर्जेन्टिनी स्ट्राइकर जुलियन अल्भारेजले निर्णायक गोल गर्नुभयो ।

उहाँले ३१औँ मिनेटमा गरेको गोल सिटीको जितमा पर्याप्त बन्यो । यससँगै सिटीले घरेलु मैदानमा लगातार १७ खेलसम्म अपराजित यात्रा कायम राखेको छ ।

सिटीसँगै समान ६ अङ्क बनाएको ब्राइटन गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । सिजनको पहिलो खेलमा सिटीले बर्नलीलाई ३–० गोलले हराएको थियो । एजेन्सी