• ५ जेठ २०८१, शनिबार

एनएमबी–कपअन यू–१४ फुटबलमा चेल्सी च्याम्पियन

blog

उपाधि विजेता चेल्सी इन्टरनेसनलका खेलाडी ।

काठमाडौं, साउन २६ गते । एनएमबी–कपअन अन्तर स्कुल यू–१४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी इन्टरनेसनल स्कुलले जितेको छ । बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा शुक्रबार भएको फाइनलमा खेलमा चेल्सीले मनकामना सेकेन्डरी स्कुललाई १–० गोलले हरायो । 

चेल्सीको जितमा आदित्य शाहले निर्णायक गोल गर्नुभयो । तेस्रो स्थानको लागि भएको खेलमा रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुलले ब्रम्हकुञ्जलाई १–० गोलले हरायो । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको अवार्ड चेल्सीका आदित्य शाहले जित्नुभयो । चेल्सीकै आयुष यादव उत्कृष्ट गोलरक्षक र मनकामनाका अनिष दंगालले सर्वाधिक गोल कर्ता बन्नुभयो । फेयर–प्ले टिमको उपाधि हाईली क्रिएटिभ स्कुलले जित्यो । 

लिग कम नकआउटको आधारमा सञ्चालित तीन दिने प्रतियोगिताम २९ स्कुलका ३० टिमले भाग लिएका थिए । विजेतालाई संघीय सांसद एवम् पूर्वमन्त्री गगनकुमार थापा, एनएमबी बैंकका सीईओ सुनिल केसीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।