• २४ असार २०८२, मङ्गलबार

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

blog

काठमाडौँ, असार २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय फुटबल महासङ्घ [फिफा] को वरियतामा माथि रहेको उज्बेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिनुभएको छ । 

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत उज्बेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता मात्र रहेको बताउनुभएको छ । 

“उज्बेकिस्तानको घरेलु मैदानमा शानदार खेलेर बराबरीमा पुगे पनि पेनाल्टीमा पराजित हुनु प्राविधिक असफलता मात्र हो, यो हारमा जितको सुगन्ध छ । यसले आगामी दिनमा सफलताको बाटो फराकिलो बनाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ । 

एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेर र उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर दुवै नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ ।