• ५ जेठ २०८१, शनिबार

म्यानचेस्टर सिटीको सुखद सुरुवात

blog

बर्नलीविरुद्ध गोल गरेपछि सिटीका खेलाडी ।

काठमाडौं, साउन २७ गते । इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएसँगै साबिक विजेता म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा सिटीले बर्नलीलाई उसैको मैदानमा ३–० गोलले हरायो ।

एकपक्षीय खेलमा सिटीलाई जिताउन एर्लिङ हालान्डले दुई गोल गर्नुभयो । अर्को गोल रोड्रीले थप्नुभएको थियो । गत सिजन गोल्डेन बुट जित्नुभएका हालान्डले खेल सुरुभएको तेस्रो मिनेटमै खाता खोल्नुभएको थियो ।

हालान्डले ३६औँ मिनेटमा गोल गर्दै सिटीलाई थप बलियो बनाउनुभयो । त्यसपछि ७५अ‍ौं मिनेटमा रोड्रीले गोल थप्दै सिटीलाई सजिलै जिताउनुभयो । खेलको अन्तिममा १० खेलाडीमा समेटिएको बर्नलीको गोल फर्काउने प्रयास सफल बन्न सकेन ।

इन्जुरी समयमा अनास जरुरीले रातो कार्ड पाउँदै बाहिरिनु भएको थियो । सिजनको पहिलो जितसँगै सिटीले तीन अङ्क बनाएको छ । बर्नलीस्ले हारबाट सिजनको सुरुवात गरेको छ । एजेन्सी