• ५ जेठ २०८१, शनिबार

विमलले लिनासँग कस्नुभयो लगनगाँठो

blog

काठमाडौं, भदौ ३ गते । नेपाली राष्ट्रिय टोलीका स्ट्राईकर विमल घर्तीमगर विवाह बन्धनमा बाँधिनुभएको छ । विमलले आइतबार भद्रकाली मन्दिरमा प्रेमी लिना प्रधानसँग लगनगाँठो कस्नुभएको हो । 

विमलले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको तस्बिर समेत सार्वजनिक गर्नुभएको छ । विमल र लिना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

सन् २०१२ मा बंगलादेशविरुद्धको खेलमार्फत नेपाली सिनियर राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएका विमलले त्यसयता राष्ट्रिय टोलीमा खेल्दै आउनुभएको छ ।