• ५ जेठ २०८१, शनिबार

इन्टर मियामीलाई लिग्स कप–२०२३ उपाधि

blog

उपाधिसहित मियामीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, भदौ ३ गते । लिग्स कप–२०२३ को उपाधि इन्टर मियामीले जितेको छ । शनिबार राति भएको फाइनलमा मियामीले नाशभिल एफसीलाई सडन डेथमा १०–९ गोलले हरायो ।

अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको मियामीले इतिहासमै पहिलो पटक उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा ४–४ गोलको बराबरी भएपछि सडन डेथमा पुगेर मियामी भाग्यमानी बनेको थियो । निर्धाीरत समयमा सुरुवाती अग्रता मियामीले लिएको थियो । २३औँ  मिनेटमा मेस्सीले गोल गर्दै टोलीको उत्साह जगाउनुभयो ।

तर नाशभिलका फाफा पिकाल्टले ५७औँ मिनेटमा गोल गर्दै खेललाई बराबर मिलाउनुभएको थियो । मियामीले यस प्रतियोगितामा अपराजित रहँदै  उपाधि जितेको हो । एजेन्सी