• ५ जेठ २०८१, शनिबार

फिफा महिला विश्वकप फुटबल : अष्ट्रेलिया सेमिफाइनलमा

blog

बल खोस्ने प्रयासगर्दै फ्रान्स र अष्ट्रेलियाका खेलाडी । तस्बिर : एपी

काठमाडौं, साउन २७ गते । आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ गोलले हरायो ।

निर्धारित समय र अतिरित्तस समयमा गोल रहित बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएपछि सडनडेथमा अष्ट्रेलिया भाग्यमानी बन्यो ।

सडनडेथसम्म दुवै टोलीले १०/१० पेनाल्टी प्रहार गरेका थिए । जसमा अष्ट्रेलियाका सात खेलाडीले गोल गर्दा तीन खेलाडी चुकेका थिए । फ्रान्सका ६ खेलाडीले गोल गर्दा चार खेलाडी असफल रहे ।

सेमिफाइनलमा अष्ट्रेलियाले इङ्गल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि  स्पेन र स्विडेन सेमिफाइनलमा पुगिसकेका छन् । एजेन्सी