• १२ जेठ २०८१, शनिबार

मेस्सीको निरन्तर गोलसँगै मियामी लिग्स कपको फाइनलमा

blog

गोल गरेपछि लियोनल मेस्सी। तस्बिर : एएफपी

काठमाडौं, साउन ३१ गते । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले लिग्स कप–२०२३ मा गोल गर्ने क्रमलाई निरन्तरता दिनुभएको छ । मेस्सीले छैटौं खेलमा गोलको लय कायम राख्दा अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ । 

मङ्गलबार राति भएको सेमिफाइनल खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई ४१ गोलले हरायो । मियामीको जितमा जोसेफ मार्टिनेजले तेस्रो, कप्तान लियोनेल मेस्सीले २०औं, जोर्डी अल्बाले पहिलो हाफको इन्जुरी र डेविड अ‍ोचोआले ८४औं मिनेटमा गोल गर्नुभयो ।

मेस्सीको जारी प्रतियोगितामा नौ गोल गरिसक्नुभएको छ । मेस्सीले लगातार छैटौं खेलमा पनि गोल गर्नुभयो । घरेलु टोली फिलाडेल्फियाका आलेहान्द्रो बेडोयाले दोस्रो हाफमा सान्त्वना गोल फर्काउनुभएको थियो । फाइनलमा मियामीले नाशभिल र मोन्टरेबीचको विजेतासँग शनिबार खेल्नेछ । एजेन्सी