• ५ जेठ २०८१, शनिबार

महिला विश्वकप फुटबल : स्पेन पहिलो पटक फाइनलमा

blog

सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै स्पेन र स्विडेनका खेलाडी । तस्बिर : एफपी

काठमाडौं, साउन ३० गते । स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोलले हरायो ।

स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीबाट तीन गोल अन्तिम नौ मिनेटमा सम्भव भएको थियो ।

दुवै टोलीले गोलका लागि राम्रा अवसर बनाएपनि नतिजा स्पेनको पक्षमा गयो । स्पेनको जितमा सल्मा पारालुयलो र ओल्गा कार्मोनाले गोल गर्नुभयो । 

स्विडेनका लागि रेबिका ब्लोमक्विस्टले सान्त्वना गोल गर्नुभयो । ८१औँ मिनेटमा पारालुयलोले गोल गर्दै स्पेनको उत्साह जगाउनुभयो । ८८औँ मिनेटमा ब्लोमक्विस्टले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । 

९०औँ मिनेटमा कार्मोनाले गोल गर्दै स्पेनलाई फाइनल यात्रा तय गराउनुभयो । स्पेनले नेदरल्यान्ड्सलाई हराइएर सेमिफाइनलमा स्थान बनाएको थियो । फाइन्लमा स्पेनले आयोजक अस्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी