• १० मंसिर २०८१, सोमबार

म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा

blog

काठमाडौं, भदौ १७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले म्यानमारसँग सेप्टेम्बर ८ र ११ तारिख हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।

प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले आइतबार प्रशिक्षणमा रहेका खेलाडीबाट किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय खेलाडी टोलीको नाम सार्वजनिक गर्नुभएको हो ।

नेपालले फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को प्रारम्भिक छनोट खेलको तयारीका लागि म्यानमारसँग उसैको मैदानमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

मैत्रीपूर्ण खेल म्यानमारको याङ्गुनमा खेलिनेछ । नेपालले विश्वकप तथा एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ ताखि लाओससँग प्रतिस्पर्धा गर्नेछ । 

नेपालको टोली

गोलरक्षक : किरण चेम्जोङ (कप्तान), अभिषेक बराल र दीप कार्की

रक्षक : सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष् गुरुङ, छिरिङ लामा र अन्जन राई

मिडफिल्डर : एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राई

स्ट्राइकर : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष् चौधरी, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया ।