• ४ जेठ २०८१, शुक्रबार

आर्सनलले जित्दा चेल्सी बराबरीमा रोकियो

blog

गोल गरेपछि आर्सनलका खेलाडी ।

काठमाडौं, असोज १ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकाल्दा उपाधि दाबेदार चेल्सी बर्नमाउथसँग बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले एभर्टनलाई उसैको मैदानमा १–० गोलले हरायो । अर्को खेलमा चेल्सी बर्नमाउथसँग उसैको मैदानमा गोलरहित बराबरीमा रोकिएको हो । 

आर्सनलको जितमा लियान्ड्रो ट्रोसार्डले गोल गर्नुभयो । उहाँले ६९औँ मिनेटमा गर्नुभएको गोल आर्सनललाई तीन अङ्क जोड्न पर्याप्त बन्यो । जितसँगै आर्सनल चौथो स्थानमा छ । आर्सनलको पाँच खेलबाट १३ अङ्क पुगेको छ ।

पराजित एभर्टन एक अङ्कसहित १८औँ स्थानमा छ । यस्तै बराबरीमा रोकिएको चेल्सी पाँच अङ्कसहित १४औँ थानमा छ । बर्नमाउथ तीन अङ्कसहित १५औँ स्थानमा छ । एजेन्सी