• २० वैशाख २०८१, बिहिबार

सिटीको लगातार छैटौं जित

blog

गोल गरेपछि सिटीका एर्लिङ हालान्ड । तस्बिर : एपी

काठमाडौं, असोज ७ गते । साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हरायो ।

सिटीलाई जिताउन फिल फोडेन र एर्लिङ हालान्ड गोल गर्नुभयो । नटिङ्घमले १० खेलाडीमा समेटिएको सिटीमाथि गोल फर्काउने नटिङ्घमको प्रयास सफल बन्न सकेन । फोडेनले सातौं मिनेटमा खाता खोल्नुभएको थियो । 

१४औं मिनेटमा हालान्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । पहिलो हाफमा आक्रामक देखिएको सिटी दोस्रो हाफको सुरुमै १० खेलाडीमा समेटिएको थियो ।

४६औं मिनेटमा रोड्रीले रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो । जितसँगै १८ अङ्क बनाएको सिटी शीर्षस्थानमा छ । सात अङ्क बनाएको नटिङ्घम ११औं स्थानमा छ । एजेन्सी