शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सिदोन, लेबनान, चैत १ गते । दक्षिण लेबनानको सिदोन क्षेत्रमा आइतबार बिहान इजरायलले गरेको आक्रमणमा हमासका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी लडाकू समूहको स्रोतले एएफपीलाई बताएको छ ।
नाम नबताउने सर्तमा स्रोतले भन्यो, “सरकारी मिडियाले पहिले उत्तरी सिदोनको एक आवासीय भवनमा आक्रमण गरेको रिपोर्ट गरेपछि आक्रमणमा हमासका अधिकारी विसाम ताहाको मृत्यु भएको बताइएको थियो ।
तटीय शहर लेबनानको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर रहेको स्थान हो । यहाँ इजरायलले हालैका महिनामा हमासलाई लक्षित गरिरहेको भन्दै आक्रमण गरेको थियो। रासस