• २ वैशाख २०८३, बुधबार

लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान

blog

ओटावा (क्यानडा) वैशाख २ गते । अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इन्डोनेसिया, जापान, जोर्डन, सिएरा लियोन, स्विजरल्यान्ड र बेलायतलगायत १० देशले लेबनानमा बढ्दो विस्थापन र सङ्कटको बारेमा चिन्ता व्यक्त गर्दै द्वन्द्व क्षेत्रमा रहेका मानवीय कामदारको सुरक्षाका लागि आह्वान गरेका छन् ।

सयुक्त विज्ञप्ति जारी गर्दै देशले युद्धले लेबनानमा मानवीय अवस्था र विस्थापन सङ्कट बढाएको उल्लेख गर्दै यस क्षेत्रमा तत्काल शत्रुता अन्त्य गर्न आग्रह गरेका हुन । अमेरिका, इजरायल र इरानबिच सहमति भएको युद्धविरामलाई स्वागत गर्न आतुर रहेको उल्लेख गर्दै उनीहरुले लेबनानमा शत्रुता तत्काल अन्त्य गर्न आह्वान गरेका छन् । उनीहरुले जारी द्वन्द्वको बिचमा नागरिक र पूर्वाधारको रक्षा गर्नपर्ने कुरामा जोड दिँदै यस क्षेत्रमा काम गर्ने मानवीय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् ।

मानव मर्यादाको रक्षा गर्न, नागरिक क्षति कम गर्न र निरन्तर मानवीय पहुँच सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । देशले दक्षिणी लेबनानमा मानवीय कार्यकर्ताले सामना गर्ने जोखिम उल्लेखनीय रूपमा बढेको चेतावनीसमेत दिएका छन् ।

हस्ताक्षर कर्ताले सन् २०२३ सेप्टेम्बरमा १०० भन्दा बढी देशले द्वन्द्व क्षेत्रमा मानवीय कामदारको सुरक्षालाई सुदृढ पार्ने उद्देश्यले सुरु गरेको घोषणापत्रलाई पनि उल्लेख गरेका छन् । अरूको जीवन बचाउन काम गर्नेले आफ्नै बलिदान गर्न नपरोस् भन्ने सुनिश्चित गर्न मिलेर काम गरिरहने विज्ञप्तिमा जनाइएको छ । लेबनानमा इजरायल र हेजबुल्लाहबिचको सीमापार झडपका कारण लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बल (युनिफिल) का कर्मचारीहरू मारिएको खबर पछि विज्ञप्ती आएको हो ।

युनिफिलको मिसन र फोर्स कमान्डरको द्रुत र प्रत्यक्ष हस्तक्षेपपछि, यसको सम्पर्क शाखासहित, शान्ति रक्षकलाई एक घण्टा भित्रै रिहा गरिएको थियो । संयुक्त राष्ट्रसङ्घका शान्ति रक्षकको कुनै पनि नजरबन्द अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको उल्लेख गर्दै शान्तिरक्षकको कर्तव्यमा कुनै पनि अवरोध गर्नु राष्ट्रसङ्घको प्रस्ताव-१७०१ को उल्लङ्घन भएको जनाएका छन् । रासस/एएनआई