बाबुराम देवकोटा
सिन्धुलीमाढी, चैत २ गते । शिक्षक बन्ने सपना बोकेर शिक्षाशास्त्र सङ्कायमा अङ्ग्रेजी विषयमा स्नातक गर्नुभएका धनेन्द्रबहादुर कार्कीमा राजनीतिक चेतना युवावस्थामै थियो । गाउँकै विद्यालयबाट प्लस टु अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि काठमाडौँ पुग्नुभएका कार्कीले त्यसपछि जीवनमा अनेक सङ्घर्ष पार गर्नु प¥यो । रोजगारीको खोजीमा २०७१ सालदेखि एक वर्ष कतारमा बिताउनुभएका उहाँ २०७२ सालको भूकम्पको बेला स्वदेश फर्किएर यातायात व्यवसायमा जोडिनुभयो ।
सोही क्रममा २०७४ सालको स्थानीय तह निर्वाचनमा तीनपाटन गाउँपालिका–११ को वडाध्यक्षमा तत्कालीन नेकपा (माओवादी) बाट उम्मेदवार बन्नुभएका कार्कीले पराजय बेहोर्नु प¥यो । वडाध्यक्षमा पराजित त्यो पीडालाई उहाँले प्रतिनिधि सभा सदस्यमा विजयी भएर बिर्साइदिनुभएको छ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुली निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्नुभएका कार्की १६ हजार ६५९ मत प्राप्त गर्दै विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार प्रदीप कटुवालले १५ हजार ८७५ मत प्राप्त गर्नुभयो । विसं २०४४ सालमा जन्मिनुभएका अविवाहित कार्की पछिल्लो समय रास्वपाको राजनीतिमा सव्रिmय हुनुहुन्थ्यो । निर्वाचन प्रचारका व्रmममा उहाँले गाउँघरमा पुगेर मतदातासँग परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।
“परिवर्तन चाहनुहुन्छ भने मलाई मत दिनूस्, परिवर्तन चाहिँदैन भने पुरानै पार्टी रोज्नूस्,” भन्दै मत मागेको उहाँले सुनाउनुभयो । मतदाताले देखाएको विश्वासकै कारण आफू विजयी भएको उहाँको भनाइ छ । नवनिर्वाचित कार्कीले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको बताउनुभयो । बिदेसिएका युवालाई स्वदेशमै अवसर सिर्जना गरी फर्काउने वातावरण बनाउने विषयमा अग्रसरता लिने उहाँको लक्ष्य छ ।
विकास निर्माणका दृष्टिले सिन्धुलीका केही महìवपूर्ण योजना अलपत्र अवस्थामा रहेको भन्दै उहाँले ती कामलाई अघि बढाउने अठोट लिनुभएको छ । प्रचारप्रसारका क्रममा फिक्कल गाउँपालिकामा निर्माणाधीन दुई वटा पक्की पुल अधुरो अवस्थामा रहेको भेटिएको बताउँदै उहाँले भन्नुभयो, “सिन्धुलीमाढी–भीमस्थान–चकमके सडकमा ठेक्का लागे पनि काम सन्तोषजनक भएको पाइएन । हिमाल–पहाड–तराई जोड्ने चिसापानी–गोधार–डकाहा–चकमके–बाहुनतिल्पु–नवलपुर रणनीतिक सडक निर्माण पनि सुस्त गतिमा रहेको छ ।”
प्रदेश र स्थानीय तहमा आफ्नो पार्टीका जनप्रतिनिधि नभए पनि समन्वय गरेर काम गर्ने उहाँले बताउनुभयो । आवश्यकताका आधारमा योजना छनोट गरी प्राथमिकताका साथ विकास निर्माणका काम अघि बढाउने उहाँको योजना छ । निर्वाचनका बेला सामाजिक सञ्जालमा आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्ने समाचार सार्वजनिक भएको विषयमा पनि उहाँले स्पष्टीकरण दिनुभएको छ । उक्त विषय मिलिसकेको र निर्वाचनको व्यस्तताका कारण आवश्यक प्रव्रिmया पूरा गर्न ढिला भएको उहाँले सुनाउनुभयो । त्यसको प्रक्रिया पूरा गर्न आफू काठमाडौँ पुगेको सांसद कार्कीले जानकारी दिनुभयो ।स्वदेशमै फर्काउनु पर्छ