शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १ गते । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा जावलाखेलले काँक्रेबिहारलाई ४–१ गोलले हरायो । खेलमा काँक्रेबिहारले सुरुवाती अग्रता लिएपनि फराकिलो हार खेप्यो ।
काँक्रेबिहारका लागि दीपेन्द्र चुनाराले छैटौँ मिनेटमा गोलको खाता खोल्नुभएको थियो । तर त्यसपछि जावलाखेलका बाउबाकर सिसिखोले १६औँ, निकोलस ह्यामिल्टनले ५०औँ र इन्जुरी समयमा तथा विकाु दर्लामीले ६४औँ मिनेटमा गोल गर्नुभयो ।
जितसँगै जावलाखेलले १० खेलबाट १३ अङ्क बनाएको छ । समान खेलबाट काँक्रेबिहारको एक अङ्क छ । १३ टोली सहभागि लिगको विजेताले १५ लाख रुपियाँ पुरस्कार पाउने आयोजक एन्फाले जनाएको छ ।