• ७ जेठ २०८१, सोमबार

झापामा आत्मानन्द कपको तयारी

blog

प्रस्तावित आत्मानन्द रंगशालामा ।

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २ गते । झापाको दमकबाट नजिकै रहेको इलामको माङसेबुङमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ को ७० औँ जन्मोत्सवको अवसरमा मङ्सिर ८ देखि १७ गतेसम्म सञ्चालन हुने आत्मानन्द कप २०८० को तयारी सुरु भएको छ ।

माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै तयारी तीव्र बनाइएको जनाइएको हो । आत्मानन्द कप प्रतियोगितामा नेपाल, भारत र भुटानको गरी आठ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

मङ्सिर ८ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ, गोलबजार स्पोर्टिङ क्लब सिराहा, माङ्सेबुङ गाउँपालिका इलाम, धनकुटा जिल्ला फुटबल सङ्घ धनकुटा, तिजोक युवा क्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, एम एफ सी दार्जिलिङ भारत र बि वाई सी भुटानको सहभागिता रहने  आयोजक समितिका अध्यक्ष आङबुहाङले बताउनुभयो ।

विजेताले ट्रफीसहित नगद तीन लाख एघार हजार एक सय सत्तरी रुपियाँ र उपविजेताले ट्रफीसहित दुई लाख पाँच हजार एक सय सत्तरी रुपियाँ पुरस्कार पाउनेछन् । फुटबलका साथै म्याराथन, पक्लुङ लेप्मा, छेलो हान्ने, धनुकाड, भलिबल, हाडी फुटाउने, कराँतेलगायतका खेलहरू पनि आयोजना गरिने आङबुहाङले जानकारी दिनुभयो ।