• १० मंसिर २०८१, सोमबार

ठेहे राइजिङ र माझा युवा क्लब भिड्ने

blog

सेमिफाइनल खेल खेल्दै खेलाडी । तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, कात्तिक १७ गते । जिल्लामा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता रानीवन गोल्ड कपको फाइनलमा सिमकोट गाउँपालिका –२ को ठेहे राइजिङ युवा क्लव ‘बी’ र खार्पुनाथ गाउँपालिका –४ को माझा युवा क्लब भिड्ने भएका छन् । 

शुक्रबार भएको सेमिफाइनल खेलमा बिजेता बन्दै यी दुबै टिम फाइनलमा भिड्ने भएका हुन । गोल्ड कपकोे पहिलो सेमिफाइनल खेलमा निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुआउटमा पुगेको थियो । 

पेनाल्टीमा ठेहे राइजिङले चाङ्ला युवा क्लवलाई दुईका बिरुद्ध तीन गोल अन्तर गर्दै फाइलनमा पुगेको छ । त्यसैगरी दोस्रो सेमिफाइनलमा माझा युवाक्लवले सनलाइट रेड क्लबलाई एक गोल गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको छ । 

प्रतियोगिताको फाइनल खेल शनिबार बिजेता टिमबीच हुनेछ । प्रतियोगितामा १५ वटा क्लबको सहभागिता रहेको छ । बिजेता टिमले एक लाख ११ हजार १११ रुपियाँ नगद र ट्रफी प्राप्त गर्नेछ । दोस्रो हुने टिमले ७५ हजार नगद प्राप्त गर्नेछ । प्रतियोगिता ११ गतेबाट सञ्चालन भएको थियो ।