सिटीको सानदार जित
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर पलग फुटबलमा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले रेलिगेसनका दबाबमा रहेको साउथह्याम्पटनलाई ४–१ गोलले हरायो ।
नेपाललाई हराउँदै भियतनाम दोस्रो चरणमा
नेपाललाई दुवै खेलमा हराउँदै भियतनाम पेरिस ओलम्पिक-२०२४ को महिला फुटबल अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
एभर्टनमाथि युनाइटेडको जित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जित निकालेको छ । शनिबार साँझ भएको खेलमा युनाइटेडले एभर्टनलाई २–० गोलले हरायो ।
फ्रेण्ड्स क्लबलाई हराउँदै मनाङ शीर्ष स्थानमा
फ्रेण्ड्स क्लबमाथि २-० को जित निकाल्दै मनाङ मर्स्याङ्दी फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
आर्मीलाई थ्रीस्टारको झट्का
विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नमिठो झट्का लागेको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा थ्रीस्टारले आर्मीलाई १-० गोलले हरायो ।
रियलसँग बार्सिलोना स्तब्ध
रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको ‘एल क्लासिको’ भिडन्तमा रियलले बार्सिलोनालाई उसैको मैदानमा ४–० गोलले हरायो ।
नेपाल भियतनामसँग पराजित
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पेरिस ओलम्पिक २०२४ को एसिया छनोटको पहिलो खेलमा बलियो भियतनामसँग पराजित भएको छ ।
‘भियतनामसँग सुखद नतिजाको अपेक्षा’
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले भियतनामसँग नेपालले सुखद नतिजा निकाल्ने अपेक्षा गरेको बताउनुभएको छ ।
सातदोबाटोलाई जावलाखेलको धक्का
उपाधि दौडमा रहेको सातदोबाटो यूथ क्लबलाई हराउँदै जावलाखेल शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।
टोट्टनहाम र एभर्टनको बराबरी
टोट्टनहाम र एभर्टनले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ । सोमबार राति भएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
भुटानी रोनाल्डो मच्छिन्द्रमा अनुबन्ध
शहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मच्छिन्द्र क्लबले लिगका लागि भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई टोलीमा अनुवन्ध गरेको छ ।
पुलिस डर्बीमा एपीएफ विजयी
विभागीय टोलीको नेपाल पुलिस र एपीएफ क्लबबीचको भिडन्तमा एपीएफले बाजी मारेको छ ।
न्युक्यासलसँग हार्यो युनाइटेड
म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडसँग हार खेपेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा न्युक्यासलले म्यानचेस्टर युनाइटेडलाई २-० गोलले स्तब्ध बनायो ।
बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित
करिम बेन्जेमाले ह्याट्रिक पूरा गरेको खेलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि फराकिलो जित निकालेको छ ।
पीएसजीलाई लियोनको धक्का
फ्रेन्च लिग वान फुटबलको उपाधि दौडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई लियोनको धक्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजी लियोनसँग १-० गोलले पराजित भयो ।
थ्रीस्टारले जित्यो खप्तड गोल्डकपको उपाधि
कैलालीको धनगढीमा भएको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ।
असन्तुष्ट पक्षको बहिस्कारबीच सकियो एन्फा बैठक
असन्तुष्ट पक्षले बहिस्कार गरेपनि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आकस्मिक बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । एन्फाले शनिबार कार्यसमितिको आकस्मिक बैठक डाकेको थियो ।
उपाधिका लागि मनाङ मर्स्याङ्दी र थ्रीस्टार आज भिड्दै
कैलालीको धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लब भिड्दैछन् ।
नेपाललाई थ्री नेसन्स कपको उपाधि
नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि उचालेको हो ।
थ्री नेसन्स कप फुटबलको फाइनलमा लाओसविरुद्ध नेपालको दोस्रो गोल
काठमाडौं, चैत १७ गते। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलको दोस्रो हाफमा नेपालले लाओसविरुद्ध दोस्रो गोल गरेको छ । पहिलो हाफमा एक/एकको बराबरी खेलेको लाओसमाथि नेपालले खेलको ८७ औँ मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
थ्री नेसन्स कप फुटबलको फाइनल : पहिलो हाफमा १–१ को बराबरी
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र लाओसको खेल जारी छ। खेलको पहिलो हाफमा नेपाल र लाओसबीच एक/एकको बराबरी भएको छ।
ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल खेलाडीको घोषणा
पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज (शुक्रबार) २२ सदस्यीय नेपाली खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ ।
थ्रीस्टार खप्तड गोल्डकपको उपाधि नजिक
घरेलु टोली सुदूरपश्चिम-११ लाई पराजित गर्दै थ्रीस्टार क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा पुगेको छ।
याङवरक गाउँपालिका च्याम्पियन
याङवरक गाउँपालिका ‘चौथो कुम्मायक गोल्ड कप’ फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । पृथ्वी मा.वि.यासोकको खेलमैदानमा बिहीबार भएको फाइनल खेलमा याङवरकले फाल्गुनन्द गाउँपालिकालाई ३–१ गोलले हरायो ।