• १२ साउन २०८१, शनिबार

अध्यक्ष कप फुटबल शनिबारबाट

blog

मनहरी गाउँपालिका चौंथो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८० बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन।

राममणि दाहाल

हेटौँडा, मङ्सिर २३ गते। मनहरी गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८० आगामी शनिबारबाट हुने भएको छ। 

खेलकुद विकास समिति मनहरीको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।  प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक, मैदान मर्मत, आन्तरिक व्यवस्थापनलगायत तयारी पूरा भएको जनाइएको हो।  

नकाउट आधारमा सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाका नौवटा वडाको सहभागिता रहने भएको छ।  प्रतियोगिताको विजेताले नगद एकलाख र उपविजेताले ५० हजार रुपियाँ प्राप्त गर्ने आयोजक समिति संयोजक विरु लामाले जानकारी दिनुभयो। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार तथा विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्डलाई जनही पाँच÷पाँच हजार रुपियाँ प्राप्त गर्ने छन्। 

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पत्रकार सम्मेलनमा पालिकाभित्रबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै पालिकाले खेलक्षेत्रमा गरेको प्रतिफल आउन थालेको बताउनुभयो। 

प्रतियोगितामा सञ्चालन गर्न करिब आठ लाख ५० हजार रुपियाँ हुने अनुमान गरिएको छ।  गाउँपालिकाले प्रतियोगिताका लागि ७ लाख रुपैयाँ विनियोजन गरेको छ।