• १० मंसिर २०८१, सोमबार

एनएसएलमा झापाको पहिलो जित

blog

काठमाडौँ, मङ्सिर २६ गते । झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ । दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा झापाले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले हरायो ।

झापाको जितमा जोर्गे सान्चेजले निर्णायक गोल गर्नुभयो । उहाँले ३९औँ मिनेटमा अन्जन विष्टको पासमा गरेको गोल झापाको जितमा प्रयाप्त बन्यो ।

जितसँगै पाँच खेलबाट ६ अङ्क बनाएको झापा छैटौँ स्थानमा छ । पराजित बुटबल समान खेलबाट सात अङ्क जोड्दै पाँचौँ स्थानमा यथावत छ ।