• १२ साउन २०८१, शनिबार

नेपाल सुपर लिग : चितवन र बुटवलको बराबरी

blog

काठमाडौँ, मङ्सिर २१ गते । चितवन एफिसी र बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अङ्क बाँडेका छन् । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा चितवन र बुटवल १–१ गोलको बराबरीमा करोकिए ।

सुरुवाती अग्रता जोगाउन नसक्दा चितवन अङ्क बाँड्न बाध्य भएको हो । चितवनका लागि चितवनले उत्सव राईले ४७औँ मिनेटमा गोलको खाता खोल्नुभयो । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बुटवलका स्टेफन समिर बियोङले गोल गर्दै खेललाई बराबरीमा सक्नुभएको थियो ।

बराबरीसँगै चितवनले चार खेलबाट पाँच अङ्क बनाएको छ । बुटवलको समान खेलबाट चार अङ्क पुगेको छ ।