• १२ साउन २०८१, शनिबार

फुटबलर सावित्रालाई काठमाडौँ युरोको सम्मान

blog

काठमाडौँ, मङ्सिर २४ गते । काठमाडौँ युरो स्कुल, गोंगबुले फुटबलर सावित्रा भण्डारीलाई नगदसहित सम्मान गरेको छ ।

राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रालाई फुटबल खेलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय जगत् चिनाउन महत्वपूर्ण योगदान पुर्‍य ाउँदै नेपालको गौरव बढाएकोमा काठमाडौँ युरो स्कुलले आफ्नो स्पोर्ट्स मिटको समापनका अवसरमा सम्मान गरेको हो ।

काठमाडौँ युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा. दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले सावित्रालाई नगद, प्रशंसापत्र र मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गर्नुभयो। ‘साम्बा’ उपनामले चिनिने सावित्रा युरोपको व्यसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।

सोही अवसरमा सावित्राले काठमाडौँ युरोमा नवनिर्मित फुटसल कोर्टको उद्घाटन गर्नुका साथै स्पोर्ट्स मिटमा पदक जित्न सफल खेलाडीलाई पुस्कृत पनि गर्नुभयो । स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।

काठमाडौं युरो स्कुलले विगतमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णविजेता कराँतेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, १३औँ सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, कराँतेका सुमन तिमल्सिनालगायतलाई सम्मान गरेको थियो ।