• १० मंसिर २०८१, सोमबार

फुटबल खेलाडीलाई एक लाखको बिमा

blog

पर्यटकीय तथा धार्मिक स्थल रेसुङ्गामा फुटबल खेल बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिर: तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मङ्सिर २४ गते । गुल्मीमा फोर्टिन स्टार युवा क्लबले फुटबल खेलाडीहरुकोे बिमा गरिदिने भएको छ । आगामी पुस ७ गते देखी १० गतेसम्म  तम्घासको चिदिचौरमा सञ्चालन हुने जिल्ला स्तरीय माध्यमिक तहका छात्र फुटबल प्रतियोगिताका खेलाडीहरूको बिमा गरिदिने क्लबले जनाएको छ । 

खेलमा सहभागी हुने खेलाडीहरूको सुरक्षाका लागि क्लबले एक लाख बराबरको बिमा गरिदिने क्लबका महासचिव नारायण आचार्यले जानकारी दिनुभयो । क्लबले आयोजना गर्ने चौथो फोर्टिन स्टार कपको बारेमा जानकारी दिनका लागि गुल्मीको पवित्र धार्मिक स्थल रेसुङ्गाको यज्ञशालामा पत्रकार सम्मेलनको आयोजना गरेको हो । आचार्यका अनुसार प्रथम हुनेका लागि ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेका लागि २५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । 

माध्यमिक तह कक्षा १० सम्मका लागि मान्यता दिइएको क्लबले जनाएको छ । खेलको मुख्य प्रायोजक रेसुङ्गा नगरपालिका रहेको छ  । नगरपालिकाले पर्यटन क्षेत्रको प्रचार गर्नका लागि जाँउ हिँड रेसुङ्गा कार्यक्रम अभियान चलाएको छ । सोही कार्यक्रम अन्तर्गतबाट खेल क्षेत्रमा थप उत्साह प्रदान गर्न मुख्य प्रायोजक बनेको नगरपालिकाले जनाएको छ ।