• १२ साउन २०८१, शनिबार

नेपाल सुपर लिग : चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

blog

काठमाडौँ, मङ्सिर २४ गते । चितवन एफसीलाई ३-१ गोलले हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो शीर्षस्थानमा उक्लिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार ललितपुरलाई जिताउन विदेशी पापा इबो केबेले दुई गोल गर्नुभयो । अर्को गोल विवेक पौड्यलले थप्नुभएको थियो । 

चितवनका लागि रफिक अमिनुले सान्त्वना गोल गर्नुभयो । जितसँगै अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको ललितपुरले पाँच खेलबाट नौ अङ्क बनाएको छ । पराजित चितवन पाँच अङ्कसहित सातौँ स्थानमा छ ।