• १२ असोज २०८१, शनिबार

किराँत गोल्डकप : ताप्लेजुङसँग हिमालयन शेर्पा स्तब्ध

blog

सेमिफाइनल यात्राका लागि प्रस्पिर्धा गर्दै कर्णसिंह सोनाम स्मृति रातो र हिमालयन सेर्पा क्लब काठमाडौँका खेलाडी । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम,मङ्सिर १९ गते । प्रतिस्पर्धी हिमालयन शेर्पा क्लब ४–३ गोल अन्तरले हराँउदै कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ पाँचथरको फिदिममा जारी ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण किराँत गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार  भएको पहिलो चरणको अन्तिम खेलमा ताप्लेजुङका तर्फबाट प्रवीण जवेगूले २ तथा मंजित लिम्बू र दिपेश लिम्बूले १–१ गोल गर्नुभयो । सुरुवाती ३ मिनेटमा ताप्लेजुङका मञ्जित लिम्बूले १ गोल गरेर आफ्नो टिमको खाता खोल्नुभयो भने २१ औँ मिनेटमा हिमालयन शेर्पाका ओष्कारले जवाफी गोल फर्काउनुभयो । ताप्लेजुङका प्रवीण जवेगूले ४० औँ मिनेट, दिपेश लिम्बूले ६२औँ मिनेट र ७७ औँ मिनेटमा प्रवीण जवेगूले गोल गर्नुभएको थियो ।

हिमालयन शेर्पाका तर्फबाट ५१औँ मिनेटमा वसन्त ओझाले थप एक गोल गर्दा ६७ औँ मिनेटमा दोस्रो गोल गर्नुभयो भने ताप्लेजुङका आशिष् लिम्बूले ६७ औँ आत्मघाती गोल गरेर हिमालयन सेर्पाको खातामा एक अङ्क थपिदिनुभयो । ताप्लेजुङका गोल रक्षक आकाश लिम्बू उत्कृष्ट खेलाडी घोषित हुँदै ५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

बुधबार हुने पहिलो सेमिफाइनलमा आयोजक पाँचथर फुटबल क्लब र डिएफसी मोरङ बिच प्रतिस्पर्धा हुने तालिका छ । प्रतियोगिताको फाइनल खेल २३ गते सम्पन्न हुनेछ । शनिबार सुरु भएको प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त आठवटा टिमले भाग लिएका थिए ।  

प्रतियोगितामा पहिलो हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपियाँ र दोस्रो हुनेले २ लाख दुई हजार दुई सय २२ रुपियाँ पुरस्कार पाउने आयोजक पाँचथर जिल्ला फुटबल क्लबका अध्यक्ष अनुराग मगरले बताउनुभयो  ।