• १६ असार २०८१, आइतबार

किराँत गोल्ड कप : आयोजकलाई हराउँदै मोरङ फाइनलमा

blog

पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै मोरङ र आयोजक टिमका खेलाडी । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, मङ्सिर २० गते । आयोजक पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै मोरङको डाँगीहाट फुटबल क्लब पाँचथरमा जारी ‘प्रथम वाइवाई किराँत गोल्डकप २०८०’को फाइनलमा प्रवेश गरेको छ । 

बुधबार साँझ सम्पन्न पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेटको समयमा दुवै तर्फ गोल नलागेपछि टाइब्रेकरमा मोरङले पाँचथरलाई ४–१ गोलले स्तब्ध बनायो । मोरङका गानिया धिमाल, उमेश राई, उमेश कार्की र अभिषेक लिम्बूले गोल गर्नुभयो ।

पाँचथरका असीम राईले मात्रै गोल गर्नुभएको थियो । मोरङका गोलरक्षक प्रमिजय गच्छदार म्यान अफ दि म्याच घोषित हुँदै ५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । बिहीबार बिर्ता युनाइटेड झापा र कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङबिच प्रतिस्पर्धा हुनेछ ।