• १२ असोज २०८१, शनिबार

आर्सनललाई फुलहामको झट्का

blog

बल खोस्ने प्रयास गर्दै आर्सनल र फुलहामका खेलाडी । तस्बिर : गेट्टी इमेज

काठमाडौँ, पुस १६ गते । इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार टोली आर्सनललाई फुलहामको नमिठो झट्का लागेको छ । आइतबार राति शीर्षस्थान ओगट्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेको आर्सनल सुरुवाती अग्रता जोगाउन नसक्दा फुलहामसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो । 

फुलहामलाई जिताउन राहुल जिमिनेजले २९औँ र बबी रेइडले ५९औँ मिनेटमा गोल गर्नुभयो । अर्सनलनका बुकायो साकाले पाँचौँ मिनेटमा गर्नुभएको सुरुवाती गोल सान्त्वना बन्यो । यस हारसँगै आर्सनलले शीर्षस्थान ओगटेने मौका गुमाएको छ । २० खेलबाट ४० अङ्क बनाएको आर्सनल चौथो स्थानमा छ । विजेता फुलहाम २४ अङ्कसहित १३औँ स्थानमा छ । 

शीर्षस्थानमा रहेको लिभरपुलको १९ खेलबाट ४२ अङ्क छ । दोस्रो स्थानमा रहेको एस्टन भिल्लाको ४२ र तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४० अङ्क छ । आइतबार राति नै भएको अर्को खेलमा टोट्टनहामले बर्नमाउथलाई ३–१ गोलले पराजित गरेको छ । एजेन्सी