• १२ असोज २०८१, शनिबार

एनएसएल : धनगढीलाई झापाको झट्का

blog

काठमाडौँ, पुस ४ गते । नेपाल सुपर लिग (एनएसएल) को उपाधि दौडमा रहेको धनगढी एफसीलाई झापा एफसीको नमिठो झट्का लागेको छ । दशरथ रङ्गशालामा बुधबार भएको खेलमा झापाले धनगढीलाई २–० गोलले हरायो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा झापाले दुवै गोल दोस्रो हाफमा गरेको हो । झापाको जितमा अन्जन विष्टले ५२औँ र समिराज थोकरले ७७औं मिनेटमा एक एक गोल गर्नुभयो । जितसँगै झापाले प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ ।

यस जितसँगै झापा सात खेलबाट १० अङ्क जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । धनगढी १२ अङ्कसहित दोस्रो स्थानमा यथावत छ । शीर्षस्थानमा रहेको पोखराको १४ अङ्क छ ।