• १४ असार २०८१, शुक्रबार

बक्यौता नपाए प्रतियोगिता नखेल्ने : ‘ए’ डिभिजन क्लब

blog

काठमाडौँ, पुस ८ गते । सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लबहरूले पुस १५ गते भित्र आफूले पाउनु पर्ने बक्यौता रकम नपाए अखिल नेपाल फुटबल सङ्घ( एन्फा) ले आयोजना गर्ने कुनैपनि प्रतियोगितामा नखेल्ने जनाएका छन् । 

क्लबहरूले आइतबार एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै एन्फाले आयोजना गर्ने प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएका हुन् । ‘ए’ डिभिजनका ६ क्लब फ्रेन्ड्स, न्युरोड टिम (एनआरटी), सातदोबाटो युवा, मनाङ मर्स्याङ्दी, चर्च ब्वाइज र खुमलटार युवा क्लबले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् ।

क्लबहरूले वि.सं २०७८ र ७९ र २०७९ र ८० को लिगमा सहभागी भए बापतको पाउनु पर्ने तयारी रकम एन्फाबाट हालसम्म नपाएको बताएका छन् । क्बलहरुको असन्तुष्टिका कारण सोमबारदेखि सुरु हुने तय भएको एन्फा यु–१६ यूथ लिग प्रभावित बन्ने देखिएको छ ।