• १२ असोज २०८१, शनिबार

लिभरपुल शीर्ष स्थानमा

blog

सट प्रहार गर्दै लिभरपुलका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, पुस ११ गते । रेलिगेसनको दबाब झेलिरहेको बर्नलीलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

मङ्गलबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई २–० गोलले हरायो । लिभरपुलको जितमा डार्विन नुनेजले छैटौँ र डिअगो जोटाले खेलको अन्तिममा गोल गर्नुभयो । जितसँगै लिभरपुलले १९ खेलबाट ४२ अङ्क बनाएको छ ।

एक खेल कम खेलेको आर्सनल ४० अङ्कसहित दोस्रो स्थानमा छ । पराजित बर्नली ११ अङ्कसहित १९औँ स्थानमा छ । यस्तै मङ्गलबार राति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेडले एस्टन भिल्लालाई ३–२ गोलले हरायो ।

जितसँगै छैटौँ स्थानमा उक्लिएको युनाइटेडले ३१ अङ्क बनाएको छ । पराजित एस्टन ३९ अङ्कसहित तेस्रो स्थानमा छ । एजेन्सी