• १३ असार २०८१, बिहिबार

एनएसएलमा ललितपुरलाई इलामको धक्का

blog

काठमाडौँ, पुस ३ गते । उपाधि दाबेदार ललितपुर सिटी  क्लबलाई नेपाल सुपर लिग (एनएसएल) मा स्पोर्टिङ इलामको नमिठो धक्का लागेको छ । दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा इलामले ललितपुरलाई १–० गोलले हरायो ।

इलामको जितमा ५९औँ मिनेटमा विदेशी खेलाडी फाडे कामाराले निर्णायक गोल गर्नुभयो । ललितपुरले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । लिगमा ललितपुरको यो पहिलो हार हो । हारसँगै ललितपुरको शीर्षस्थानमा रहने मौका गुमेको छ ।

हारसँगै ललितपुर सात खेलबाट १० अङ्क जोड्दै तेस्रो स्थानमा छ । प्रतियोगिताबाट बाहिरिएको इलामले आट खेलबाट आठ नै अङ्क बनाएको छ ।