• १२ असोज २०८१, शनिबार

सिटीको सानदार जित

blog

गोल गरेपछि सिटीका खेलाडी ।

काठमाडौँ, पुस १५ गते । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–० गोलले हरायो । 

सिटीलाई जिताउन रोड्रीले १४औँ र जुलियन अल्भारेजले ६१औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै तेस्रो स्थानमा उक्लिएको सिटीले १९ खेलबाट ४० अङ्क बनाएको छ । पराजित सेफिल्ड नौ अङ्कसहित अन्तिममा छ । 

अन्य खेलमा चेल्सी र एस्टन भिल्लाले जित निकालेका छन् । चेल्सीले लुटन टाउनलाई ३–२ र एस्टन भिल्लाले बर्नलीलाई ३–२ गोलले हरायो । अर्को खेलमा क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई ३–१, वल्भ्सले एभर्टनलाई ३–० र नटिङ्घक फरेस्टले म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले स्तब्ध बनायो । एजेन्सी