• १२ असोज २०८१, शनिबार

पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिञ्चोक माध्यमिक विद्यालयलाई

blog

अन्तर विद्यालय स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटलाई । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, पुस ९ गते ।
सदरमुकाम चरीकोटस्थितको भीमेश्वर नगरपालिकामा आयोजित अन्तर विद्यालय स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटले जितेको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ भीमेश्वर नगरपालिकास्थित भीमेश्वर रङ्शालामा भएको खेलमा ६ स्वर्ण, ५ रजत र ५ कास्य गरी १६ पदक प्राप्त गरी कालिञ्चोक माध्यमिक विद्यालय विजेता बनेको हो ।

यसैगरी, सुर्के मावि खरिढुङगाले ५ स्वर्ण, ५ रजत र १ कास्य गरी ११ पदकले उपविजेता भएको छ । ५ स्वर्ण र १ कास्य गरी जम्मा ६ पदक प्राप्त गरी सर्व मावि जिलु तृतीय भएको छ ।

प्रतिनिधि सभा सदस्य गंगा कार्की (विश्व) ले क्रमशः प्रथम, द्वितीय र तृतीयलाई नगद ५०, २५ र २० हजार रुपियाँ, शिल्ड तथा प्रमापत्र वितरण गर्नु भयो । सो खेलमा नगरपालिका भित्रका १८ ओटा विद्यालयको सहभागिता रहेको थियो ।