• १२ असोज २०८१, शनिबार

लिभरपुल एफए कपको चौथो चरणमा

blog

गोल गरेपछि लिभरपुलका खेलाडी ।

काठमाडौँ, पुस २३ गते । कठिन प्रतिद्वन्द्वी आर्सनललाई उसैको मैदानमा हराउँदै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले हरायो ।

लिभरपुलको जितमा लुइस डियाजले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । यसअघि लिभरपुलले ८०औँ मिनेटमा आर्सनलका जाकुब किवीवरको आत्मघाती गोल सहयोगमा सुरुवाती अग्रता लिएको थियो ।

बल बचाउने  क्रममा रक्षक जाकुबको प्रहार आफ्नै पोस्टमा गोल भएको थियो । आर्सनलले पटक पटक गोल फर्काउने प्रयास गरे पनि सफल भएन । एजेन्सी